१७ मंसिर २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

राक्सिराङमा आजदेखि हाटबजार मेला

बाग्मती, १६ मङ्सिरः मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा आजदेखि दुईदिने हाटबजार र भ¥याङकालिका मेला सुरु भएको छ ।

स्थानीय घरेलु तथा कृषि उत्पादन प्रवद्र्धन, बजारीकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राक्सिराङ गाउँपालिका–३ वडा कार्यालयको आयोजनामा पलाँसेबजारमा हाटबजार र भ¥याङकालिका मेला आयोजना गरिएको वडाअध्यक्ष उत्तम बाइबाले जानकारी दिए । उनका अनुसार हाटबजार तथा भ¥याङ मेलाका कक्षमा स्थानीय किसानद्वारा उत्पादित गेडागुडी, तरकारी, स्थानीय पशुपक्षीको मासु तथा परिकार, विविध खानेकुराहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

यस्तै मङ्सिर १७ गते भ¥याङकालिका मेलामा चेपाङ, तामाङ र मगर समुदायको मौलिक नृत्य, बाँसुरीका धुन, पञ्चेबाजा, खैजडी भजन, टुङ्गना र डम्फुका प्रस्तुतिसहितको सांस्कृतिक विविधता झल्किने कार्यक्रम तय भएको वडाअध्यक्ष बाइबाले बताए । मेलामा कलाकार सानु केसी, स्मृति गौतम, रविनकुमार चेपाङ, गीता तामाङ, उद्धव कार्की, लक्ष्मी दर्नाल, गोकुल ढकाल, बलबहादुर बाइबालगायतका कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि