७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

काठमाडौँ, १६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् ।

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उनीहरुलाई नबोलाउने निर्णय गरेका हौँ, उनले भने, महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।

यसअघि एमालेले चीन, भारत, भियतनाम लगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि