४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि

काठमाडौँ, १६ मङ्सिरः नेपाली कला र संस्कृतिको परिचायक हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले बुधबारदेखि कला तथा सांस्कृतिक महोत्सव–२०८२ हुने भएको छ ।

कला नगरी ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा हुने सो महोत्सवको बाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । प्रदर्शनीमा करिब २१ वटा क्यानोपे र १० वटा टेबल स्टल रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा हस्तकलाका सामग्रीका अतिरिक्त बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक, शास्त्रीय सङ्गीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका र कार्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा, नेपाल भाषाका लोकगीको प्रस्तुति रहने महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए ।

प्रदर्शनी बिहान १०ः०० देखि साँझ ७ः०० बजेसम्म चल्ने महासङ्घले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि