४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

पोखरामा ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुँदै

गण्डकी, १६ मङ्सिरः पोखरास्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला र रेडियो अन्नपूर्णको संयुक्त आयोजनामा आगामी बिहीबार स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुने भएको छ । पोखरा महानगरपालिका–९ को वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको उक्त साङ्गीतिक कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीले झलकमान र नारायणगोपालका गीत सुनाउने छन् ।

रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए । कला, साहित्य र सङ्गीतको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली सङ्गीत जगतका दुई मूधन्र्य प्रतिभाको स्मृतिमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रम पोखरा–९ महेन्द्रपुलमा रहेको फाल्चामा बिहीबार अपराह्न ४ः०० बजदेखि सुरु हुने जनाइएको छ ।

प्रवेश निःशुल्क रहेको उक्त कार्यक्रममा कलाकारले सारङ्गीको धुनमा झलकमान गन्धर्व र नारायणगोपालका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् । रेडियो अन्नपूर्णले बर्सेनि नारायणगोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ ।

रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा–१४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामग्री वितरण गरेको थियो ।

यस्तै, प्रसिद्ध धार्मिक पर्यटकीयस्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायत कार्यक्रम गरिसकेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि