५ पुष २०८२, शनिबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बुढीगंगामा एक जना मृत फेला

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् ।

रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरबाट हिडेर बेपत्ता भएका रावतको प्रहरीमा खोजीका लागि निवेदन पश्चात् खोजी कार्य गर्दा उनी मृत फेला परेका हुन् ।

मृत अवस्थामा फेला परेका रावत मानसिक सन्तुलन  गुमाएका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।

रावतको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको प्रहरी निरिक्षक जोशीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि