११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १४ मङ्सिरः नेपाली कांग्रेसले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस चितवनकी पूर्वसदस्यसमेत रहेकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक अङ्ग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, श्रेष्ठको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरेका छन् । उनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पु¥याभएका सक्रिय योगदानको स्मरण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि