४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १४ मङ्सिरः पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीस्थित रामग्राम स्तुप विश्वभरिका बुद्धको एकमात्र सिङ्गो अस्तुधातु भएको ठाउँ हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ ।
रामग्राम स्तूपमा सन् २०२५ जनवरी १ देखि अक्टोबर अन्तिमसम्मको १० महिनामा १७ हजार ४१७ जना पर्यटकले भ्रमण गरेका रामग्राम स्तुप विकास कोषका पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिए। उनले भने, गत वर्षको तुलनामा यसवर्ष पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष तीन हजार ७३८ बढी पर्यटक स्तुप अवलोकनका लागि पुगेका छन् ।
रामग्राम स्तुपमा सबैभन्दा बढी थाइल्याण्डका छ हजार ६६८ पर्यटकको आगमन भएको पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिए। आन्तरिक पर्यटकमा माथिल्लो मुस्ताङका दुई हजार ३७९ यहाँ पुगेका भन्दे सबैभन्दा कम युगाण्डाका एक जना रहेका बताए । उनका अनुसार स्तुपमा नेपाल बाहेक ३६ देशका पर्यटक आउने गरेका छन् । रामग्राम स्तुपमा पछिल्लो समय पर्यटक बढ्न थालेपछि स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारी पाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि