११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

विश्व बक्सिङ काउन्सिल सम्मेलनमा प्रतिनिधित्व गर्दै ‘एनपिबिसी

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १२ मङ्सिरः विश्व बक्सिङ काउन्सिल डब्लुबिसी सम्मेलनमा नेपाल प्रोफेशनल बक्सिङ कमिशन एनपिबिसी ले पहिलोपटक सहभागिता जनाउने भएको छ ।

सम्मेलनमा कमिशनका अध्यक्ष राजन विक्रम प्रजापतिको नेतृत्वमा नेपाल बक्सिङका राष्ट्रिय रेफ्री दिपेश शर्मासहित दुई जनाको सहभागिता हुनेछ ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म थाइल्यान्डको बैंककमा हुने ६३औँ सम्मेलनमा नेपाल पहिलोपटक औपचारिक उपस्थिति जनाउन लागेको अध्यक्ष प्रजापतिले जानकारी दिएका छन् । उनले भने, सम्मेलनमा अन्तरराष्ट्रिय बक्सिङका नयाँ नीति, खेलाडी सुरक्षा मापदण्ड अद्यावधिक, प्रशिक्षण तथा स्वास्थ्य प्रणाली सुधार्नेजस्ता महत्त्वपूर्ण विषयमा बृहत्त् संवाद तथा कुराकानी हुनेछ, जसमा करिब १५० भन्दा बढी नै देशको सहभागिता रहनेछ ।

बक्सिङका राष्ट्रिय रेफ्री शर्माले सम्मेलनमा सहभागितापछि थप ऊर्जासहित अगाडि बढ्ने बताएका छन् । उनले भने, नेपालमा पछिल्लो समय बक्सिङतर्फ आकर्षण बढ्दो छ । त्यसैले सम्मेलनबाट फर्किपछि सशक्त रूपले लाग्ने र खेलाडीलाई थप उत्साहित बनाउन ऊर्जा मिल्ने विश्वास छ, उनले भने, अफिसियल समूहमा रेफ्रीका रूपमा सहभागी हुनु नेपाल र विशेषगरी नवलपरासीका लागि गौरवको कुरा हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि