११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रममा आश्रितमध्ये ८० प्रतिशत मानसिक समस्याबाट ग्रसित

काठमाडौँ । मानवसेवा आश्रममा आश्रय लिइरहेका सहयोगापेक्षी व्यक्तिहरूको अवस्थामाथि गरिएको आन्तरिक अध्ययन्ले गम्भीर स्वास्थ्य र मानसिक समस्याको चित्र प्रस्तुत गरेको छ। आश्रमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल आश्रितमध्ये ७५–८० प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याबाट पीडित रहेको पाइएको छ।

विशेषगरी, २.३० प्रतिशत आश्रित मदिरा सेवनका कारण समस्या भोगिरहेका छन् भने २.६० प्रतिशत अन्य नशालु पदार्थ सेवनबाट प्रभावित छन्।

मानिसहरू बेवारिसे भइ सडकमा पुग्नुका मुख्य कारण आर्थिक विपन्नता, पारिवारिक असहयोग, मानसिक स्वास्थ्य समस्या, सामाजिक अपहेलना र मादक पदार्थको सेवन रहेका छन्। आश्रमकाअनुसार सडकमा बेवारिसे अवस्थामा भेटिने व्यक्तिहरूमा परिवारिक बिछोड, सामाजिक असहयोग तथा अपहेलना र उपचार नपाइ दीर्घ मानसिक समस्या कारण सडकमा कष्टपूर्ण जीवन बिताइरहेको पाइएको छ ।

उद्धारपछि मानवसेवा आश्रमले आश्रितहरूलाइ आश्रय, उपचार, पालनपोषण, काउन्सेलिङ र पारिवारिक पुनर्मिलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, आश्रमले सातै प्रदेशका २१ जिल्लामा सञ्चालनमा रहेका २९ शाखामार्फत २ हजारभन्दा बढी सहयोगापेक्षी आश्रितलाई निरन्तर सेवा प्रदान गरिरहेको छ।

आश्रितहरूको अनुभवले देखाउँछ कि मानसिक स्वास्थ्यको अभाव, सामाजिक असहयोग र आर्थिक कठिनाइले सडकमा जीवन बिताउनलाई बाध्य बनाएको छ। मानवसेवा आश्रमले उद्धारपछि न्यानो आश्रय, उपचार, काउन्सेलिङ, पालनपोषण र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै मानसिक स्वास्थ्य र सामाजिक पुनर्मिलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै समाजसेवाको क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गरिरहेको  छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि