५ फाल्गुन २०८२, मंगलवार
कर्णाली मुख्‍य समाचार समाचार

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट हुम्ला, ११ मङ्सिरः हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्म थालेको छ । सदरमुकाम सिमकोटसहित उत्तरी भेगका उच्च भूभागमा बिहानबेलुका चिसो अत्यधिब बढुन थालेपछि खानेपानीका धारामा बरफ जम्न सुरु भएको हो ।

डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने बताए । घाम नलाग्दासम्म धारामा पानी नआउने समस्या छ । यस्तै जम्मा गरेर राखेका भाँडाका पानी पनि बरफ हुन थालेको हो, उनले भने ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, लिमी, यारीलगायत क्षेत्रमा रातिको समयमा अत्यधिक चिसो हुने भएकाले बिहानको समयमा बरफ जम्न थालेको स्थानीय बताउँछन् । बोतल, बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुने गरेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यहाँको तापक्रम माइनसमा झरेको उनले जानकारी दिए ।

यतिबेला बिहानबेलुका र रातिको समयमा लिमीको तापक्रम माइनस दश डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम माइनसमा झरेपछि नागरिकले हिमपात नहुँदै यस वर्ष बढी चिसो महसुस हुन थालेको स्थानीय कुञ्चोक लामाले बताए। विगतका वर्षभन्दा यस वर्ष यहाँ चिसो अत्यधिक महसुस गरिएको उनको भनाइ छ ।

चिसोका कारण घाम नलाग्दासम्म वृद्धवृद्धा, बालबालिकालाई घर बाहिर निस्कन समस्या हुने गरेको छ । कात्तिक दोस्रो साताअघि लिमीलगायत उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर फिर्ता भइसकेका छन् । पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि