१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

व्यवस्था परिवर्तन भए पनि आफूहरु अझै पीडामा रहेको पूर्वलडाकुको गुनासो

काठमाडौँ, ८ मङ्सिरः माओवादीका पूर्व लडाकुहरुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफूहरु अझै पीडामा रहेका भनी दुखेसो पोखेका छन् ।

जनमुक्ति सेना स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वजनमुक्ति सेना डिभिजनका अध्यक्ष नवीन पुनले मुलुक परिवर्तनका लागि आफूहरुले दिएको योगदान इतिहासले सधै सम्झने बताए । हामीले लडेको क्रान्ति असफल भएको होइन”, पुनले भने ।

माओवादी नेतृत्वको आह्वानमा भएको जनयुद्धको दौरान विंस २०५८ साल मङ्सिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएको थियो । पत्रकार सम्मेलनमा सहिद, अङ्गभङ्ग भएका, बेपत्ता लगायतलाई स्मरण गरियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि