१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए ।

उनले यो आन्दोलनले पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको समेत बताए ।

उनले भने, ‘विश्वको औषतभन्दा १० गुणा तल रहेको समाजले अहिलेको जेनजी पुस्ताले सोचेको विचार पूराना दल र नेताबाट हुन सक्दैन थियो । त्यसैले त्यो गुम्सिएर बसेको अन्तरविरोध नै भदौ २३ र २४ गते विस्फोट हो । त्यो विस्फोटपछि म खुशी छु । अब दुनियाले बुझ्नेगरी पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो ।’

उनले राजनीतिक पुनःसंरचनाको खोजी नभए विश्वसँग जोडिएर जान नसक्ने बताउँदै नेपाल र जेनजी पुस्ताले अपेक्षा अनुसार काम गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी रहेको बताए ।

‘अब पार्टी र दल मात्र म भन्दिन राजनीतिक पुनःसरचना गर्न खोजिएको हो । त्यसो नगरे विश्वसँग हामी जोडिएर जान सक्दैनौ । अहिलेको नेपाल र जेनजी पुस्ताले जे अपेक्षा गरेका हुन् त्यो पुरा गर्न सकिदैन । त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको एजेण्डा भनेकै जेनजी पुस्ताको चेतना र आवश्यकतासँग जोडिएका कुराको मागहरु पुर्ति गर्ने बताए ।

डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको हो ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि