१२ मंसिर २०८२, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

काठमाडौँ, ७ मङ्सिरः यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो ।

आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

सागर डिष्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो हाइड्रोको शेयर मूल्य आज सात दशमलव ५६ प्रतिशतले घटेको छ ।

त्यस्तै कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी रु ६५ करोड ६० लाख ९१ हजार ९२९ को कारोबार भएको छ भने शेयर सङ्ख्याका आधारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि