११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

पत्रकारितासम्बन्धी पुस्तक हस्तान्तरण

काठमाडौँ, ७ मङ्सिरः ग्रामीण आदर्श क्याम्पस नेपालटारलाई पत्रकारितासम्बन्धी पुस्तक हस्तान्तरण गरिएको छ ।

मिडिया प्वाइन्ट र राष्ट्रिय विकास सञ्चार केन्द्रमार्फत सङ्कलन गरिएका पत्रकारिता सम्बन्धी पुराना तथा नयाँ पुस्तक आज हस्तान्तरण गरिएको हो ।

उक्त पुस्तक मिडिया प्वाइन्टका संस्थापक एवं राष्ट्रिय समाचार समिति का पूर्वमहाप्रवन्धक एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले क्याम्पस प्रमुख राजेन्द्रध्वज थापालाई हस्तान्तरण गरे । हस्तान्तरण गरिएका पुस्तकमा हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका ५८० पुस्तक रहेका छन् ।

पुस्तक हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार बस्नेतले पत्रकारिताका पुस्तक क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि लाभदायी हुने भएकाले आफूले हस्तान्तरण गरेको बताए। उनले पुस्तक कहिल्यै पुरानो नहुने भएकाले कतिपय पुराना पुस्तक अब पाउन पनि गाह्रो रहेको उल्लेख गरे ।

क्याम्पस पमुख थापाले पुस्तक सहयोग गरेर विद्यार्थीको शैक्षिक विकासमा सहयोग गरेको भन्दै मिडिया प्वाईन्टलाई धन्यवाद दिए । तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा सञ्चालित उक्त क्याम्पसमा तीन हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि