चितवन, ७ मङ्सिरः दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उनको निधन भएको थियो ।
कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाउनुभएको बोलेरो सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । ६२ वर्षीय न्यौपाने खैरहनी नगरपालिका–४ निवासी थिए । न्यौपानेको आज तीर्थस्थल देवघाटमा हिन्दू परम्पराअनुसार दाहासंस्कार गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहनन् न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा वागी उम्मेद्वार थिए । उनी रोटरी, रेड्क्रससँगै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील थिए। खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन उनको महत्वपूर्ण योगदान रहेको छ ।







