५ फाल्गुन २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

रक्तदानलाई प्रवर्द्धन गर्दै पोखराका एफएम रेडियो

गण्डकी, ७ मङ्सिरः पोखराबाट सञ्चालित रेडियो अन्नपूर्ण र एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । स्थापनाकालदेखि रक्तदान कार्यक्रम गर्दै आएको रेडियो अन्नपूर्णले अहिलेसम्म २३औँ पटक रक्तदान कार्यक्रम गरिसकेको छ ।

उक्त कार्यक्रमले समुदायमा रक्तदानसम्बन्धी चेतना अभिवृद्धिमा टेवा पुगेको रेडियो अन्नपूर्णले जनाएको छ । रेडियो अन्नपूर्णले वार्षिकोत्सवको अवसर पारेर बर्सेनि चैतको तेस्रो साता बहत् रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त रेडियोले गरेको रक्तदान कार्यक्रममा हालसम्म आठ हजारभन्दा बढी युनिट रगत सङ्कलन भएको जनाइएको छ ।

पछिल्लो समय एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त एफएमद्वारा शनिबार पोखरामा आयोजित बृहत् रक्तदान कार्यक्रममा १५१ युनिट रगत सङ्कलन भएको जनाइएको छ । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने सन्देशसहित आयोजित रक्तदान कार्यक्रममा १२७ पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएका एभरेस्ट मिडिया हाउसले जनाएको छ । एभरेस्ट मिडिया हाउसका प्रमुख दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियानअन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

सो अवसरमा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदातालाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने भएकाले स्वस्थ व्यक्तिलाई यसमा सहभागी हुन आग्रह गरे । एभरेस्ट एफएमले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बालकल्याण संस्था, शीतलाज्योति युवा क्लबलगायत सङ्घसंस्थाको सहभागिता थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।

जीवनदानसरह मानिने रक्तदानको संस्कृतिलाई प्रवर्द्धन गर्न, रक्तदानबारे समुदायमा सकारात्मक सन्देश दिन रेडियोले भूमिका खेलिरहेका हुन् । रक्तदानसँगै यससम्बन्धी प्रचारात्मक र सन्देशमूलक कार्यक्रम पनि रेडियोले सञ्चालन गर्दै आएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि