११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

बाल दिवसमा विद्यार्थी सम्मान

चितवन, ५ मङ्सिरः विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् ।

कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्र्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।

त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि