२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

खुला विश्वविद्यालयकी उपकुलपतिलाई कार्यलय प्रवेशमा रोक

१७ पुस, काठमाडौं । विद्यार्थी संगठनहरुले शैक्षिक वातावरण बिगारेको भन्दै नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु बज्राचार्यलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी (बाबुराम भट्टराई निकट), अखिल क्रान्तिकारी, समाजवादी संयुक्त विद्यार्थी संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई प्रवेश निषेध गर्नुको साथै राजीनामाको माग गरेका छन् ।

उपकूलपतिको कार्यशैलीका कारण विश्वविद्यालय दिन प्रतिदिन बदनाम हुँदै गइरहेको, विश्वविद्यालयको प्राज्ञिक मर्यादा विपरीत आर्थिक लेनदेनको आधारमा नियुक्ति, खरिद बिक्री गरेको, परीक्षा तथा गोप्य काममा आफ्नो परिवारको सदस्य प्रयोग गरेको लगायतको आरोप लगाइएको छ ।

विश्वविद्यालयको शिक्षक कर्मचारीलाई आंतक सिर्जना गरी विश्वविद्यालयको शैक्षिक वातावरण बिगारेको आरोप लगाउँदै विश्वविद्यालयको सार्वजनिक सम्पति गाडी, सेवासुविधा प्रयोग गर्न निषेध गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि