१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

निश्चलले ल्याए बालखैमा दिल बस्यो गौथली–२

काठमाडौं । बालगायक निश्चल अधिकारीको स्वरमा रहेको बालखैमा दिल बस्यो गौथली २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बालखैमा दिल बस्यो गौथलीको अपार सफलतापछि सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ ।
नरेन्द्र वियोगीको एरेन्ज मिक्सिगं तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै दुर दराजको गाउँबाट शहर पसेको एउटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ ।
जहाँ उस्तै उमेरकी आयुषीले आलोकले भोगेको परिस्थितीलाई सहजीकरण गर्दै स्कुल पढ्नेसम्मको वातावरण बनाइएको सन्देश मुलक र नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा निर्देशक प्रहील कार्कीले भिडियोमा देखाएका छन ् । बाल्यकालदेखि नै गायनमा क्रियाशिल गायक निश्चलको अफिसियल युट्युब च्यानल निश्चल अधिकारीबाट बजारमा ल्याएका हुन् ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको गीतको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन् । सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि