१० माघ २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

४.९८ अंक घटयो नेप्से, कारोबार रकम पनि सामान्य घटयो

काठमाडौं । बुधबार नेप्से परिसूचक ४.९८ घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से आजभने सामान्य अंकले घटेर बन्द भएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।
मंगलबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यसदिन कुल ३३८ स्टकको ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ । यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सवैभन्दा बढी ६.०३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर, साहस उर्जाकार राधी विद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । ३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि