२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

बालकुमारी घटनामा मारिएका दुई युवाको शव गाउँमा लगियो

१७ पुस, काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ ।मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए ।

बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि