१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज आफ्नो दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जाने भएका छन् ।

विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरु दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जमल जाने भएका हुन् ।

महासचिव विप्लवले चुनाव क्रान्तिकै एक मोर्चा भएको भन्दै आगामी निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउदै आएका छन् ।

आज दिउसो साढे १ बजे महासचिव विप्लव दल दर्ताको प्रमाणपत्र बुझन निर्वाचन आयोगको कार्यालय पुग्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ भने चुनाब चिन्हको रुपमा गुलाफको फुललाई प्रस्ताव गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि