१० माघ २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, ३० कात्तिकः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन र अन्य समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि