१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ, २८ कात्तिकः काठमाडौँ महानगरपालिकाले साझेदारसँगको सहकार्यमा १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।

पशुकल्याणका लागि काम गर्ने सङ्घसंस्थासँगको सहकार्यमा यही कात्तिक १४ गतेदेखि सबै वडामा बन्ध्याकरण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशुचिकित्सक डा पूजा खनालले जानकारी दिए । गत वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०र०८१ मा पाँच हजार पाँच सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविजविरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९र०८० देखि सामुदायिक कुकुर बिरालोलाई रेविजविरुद्ध खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आगामी पुसअघिसम्म करिब चार हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको महानगरपालिकाले जनाएको छ । थप बजेटको व्यवस्था हुनसके थप चार हजारको बन्ध्याकरण गर्ने योजना रहेको महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि