४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु प¥योः मुख्यमन्त्री बानियाँ

दोलखा, २७ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताए।

दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राखे ।

यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्याशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । कार्याशाला शुक्रबारसम्म चल्ने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि