६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

त्रिवेणी नवलपरासी, २७ कात्तिकः धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा रु एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ ।

कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब रु एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको बताए ।

नवलपुरमा हालैको वर्षाका कारण १९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताए । त्यसबाट ५२१ मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए ।

नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताए । अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताए ।

धानको उचित मूल्य नपाएको किसानको गुनासो

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा धानखेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूहरुले नपाएको गुनासो गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ कायम गरेको छ । तर किसानहरुले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् ।

कावासोतीका इन्द्रलाल महतोले धानको मूल्य कम पाएको गुनासो गरे । उनले सरकाले भनेको भन्दा कम मूल्यमा धान बेच्नुपरेको गुनासो गरे । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सरकारले तोकेको धानको समर्थन मूल्य भन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरुलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

नवलपुरमा व्यापारीहरूले धान प्रति क्विन्टल रु दुई हजार ८०० देखि रु तीन हजार १०० भन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताए। उनले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि