२ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा चल्दै आएका छन् ।

पालिकाका दशवटै वडाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता छ ।

पहिले सबै स्वास्थ्य संस्थामा एक जना अहेव, दुई जना अनमी र एक कार्यालय सहयोगीले गरी चार जना कर्मचारी रहेकोमा अहिले एक जनाको भरमा स्वास्थ्य संस्था चलेका हुन् ।

कार्यपालिकाको ४९ औँ बैठकले ४६ जना करार अस्थायी तथा ज्यालादारीमा राखेर काम गर्दै आएका झण्डै ४६ जना स्वास्थ्यकर्मी हटाएपछि अहिले ती स्वास्थ्य संस्था एक जनाको भरमा चलाउनु परेको हो ।

एक÷एक जनाको भरमा स्वास्थ्य संस्था चलाउन पालिकालाई अहिले हम्बेहम्बे भएको छ । स्थानीयहरुले घण्टौ हिडेर सेवा लिनुपर्ने बाध्यता छ । पहिले स्वास्थ्यकर्मी स्थानियको घरदैलोमै पुग्ने गरकोमा अहिले सेवा दिनै समस्या हुने गरेको छ ।

स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता बिष्टले बताइन् ।

स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको उनले बताइन् । कतिपय सुत्केरी व्यथा लागेकी महिला स्वास्थ संस्थामा आउन नसक्ने हुँदा उनीहरुकै घरमा गएर सेवा दिनु परेको उनको भनाइ छ ।

प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै पालिकाले करारका सबै कर्मचारी हटाउँदा अहिले सेवा प्रवाहमा असहज भएको हो । प्रदेश सरकारको निर्देशन अनुसार नियम रुपमा हामीले कर्मचारी हटाएको हुँदा बढीजसो स्वास्थ्य संस्था प्रभावित बनेको नगर प्रमुख राम बहादुर बाँनियाले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि