५ माघ २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै

राँझा बाँके, २६ कात्तिकः बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ ।

पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए । पटक–पटक काममा ढिलासुस्ती हुँदै आएपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई निरन्तर दबाब दिएपछि कामले गति लिएको छ, उनले भने, अहिले निर्माण चालु छ, हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

उनका अनुसार नेपालगञ्जको गणेशमान चोकदेखि रिमझिम चोकसम्म सडक कालोपत्रे भइसकेको छ । रिमझिम चोकदेखि गौघाटसम्मको भागमा कालोपत्रे भइरहेको छ । यो सडक मुख्यतः बाँके र बर्दिया जिल्लाका जनताले आवतजावत गर्दछन् ।

सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडकखण्ड निर्माण धमाधम खजुरा गाउँपालिकाका अगुवा भीम वलीले बताए ।

उनका अनुसार, यसअघि खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने दबाब दिँदै आएका छन् । स्थानीयको निरन्तरको खबरदारी र दबाबपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि