४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपा मकवानपुरको जिल्ला अधिवेशन मङ्सिरमा, दुवै क्षेत्रमा बहुमत ल्याउने तयारी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मङ्सिरको पहिलो या दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा जिल्लाका सबै दश स्थानीय तहको प्रतिनिधित्व रहने र सशक्त ढंगले तयारी भइरहेको कार्यवाहक अध्यक्ष सागर थापाले बताएका छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै थापाले भने, ‘गत निर्वाचनमा जसरी राप्रपाको वर्चस्व बनेको थियो, त्यसरी नै यसपटक पनि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा हामी बलियो उपस्थितिका साथ जानेछौँ ।’

उनका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपाले मकवानपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ दुवैमा उम्मेदवार उठाउनेछ र बहुमतसहित विजय हासिल गर्ने लक्ष्य लिएको छ ।

थापाले हालको राजनीतिक परिवेश र जनभावनाको आधारमा राप्रपा देशको सबैभन्दा ठूलो दल बन्ने संकेत स्पष्ट देखिएको उल्लेख गरे ।

उनले भने, ‘राप्रपा अब जनताको वैकल्पिक मात्र होइन, मुख्य शक्ति बन्ने दिशामा अघि बढिसकेको छ ।’

राप्रपाले हाल पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तार अभियानलाई तीव्रता दिएको छ । अधिवेशनपछि प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी समेत अघि बढाइने बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि