११ पुष २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले आफैं संविधान बनाउनुपर्ने बताएका छन् । जेन–जेड पुस्ताका अगुवाहरूसँग अन्तरसंवाद गर्दै उनले वर्तमान लोकतन्त्र अझै अपूर्ण रहेको बताएका हुन् ।
उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्था पूर्ण लोकतन्त्र हुन नसक्ने बताए । उनले भने, ‘जनताले आफ्नो संविधान नबनाएसम्म लोकतन्त्र पूरा हुँदैन । अबको लोकतन्त्र भनेको एउटा व्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमा भोट हाल्ने स्वतन्त्रता मात्रै होइन । वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलक लोकतन्त्र चाहिन्छ ।’
राजनीतिमा अदृश्य शक्तिहरूको प्रभाव पनि हुने भन्दै उनले सचेत रहन युवाहरुलाई आग्रह गरे । भट्टराईले भने, ‘राजनीतिमा बडो ख्याल गर्नुपर्छ । सबै दृश्य मात्र हुँदैन । अदृश्य शक्तिहरूले पनि धेरै काम गरिरहेका हुन्छन् । हात्तीसम्बन्धी लडाइँजस्तो हुन्छ राजनीति, त्यसैले संयम र विचार चाहिन्छ ।’
संविधानका विषयमा उनले यसलाई सुधार र परिष्करण गर्दै लैजानुपर्ने बताउँदै वर्तमान व्यवस्थाको संरक्षणका पक्षमा रहेको स्पष्ट पारे । ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं । संविधान जारी भएको दिनमै मैले भनेको थिएँ— यो आधा गिलास भरिएको छ, आधा खाली छ । संघीयता लगायतका कुरा फ्याक्ने होइन, सुधार्दै लैजानुपर्छ,’ उनले भने ।
भट्टराईले आफ्नो राजनीतिक अभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताका लागि समर्पित रहेको बताए । उनले अहिलेको पुस्ताको ऊर्जाले र आफूहरुको अनुभव जोडेर लोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि