१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान

काठमाडौं । सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।

नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।

रिलायन्सले लोडसेडिङको अवधिमा, २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलका रूपमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । उक्त बक्यौतामा २८ किस्ता मिलाइएको मध्ये पहिलो किस्ता स्वरूप कम्पनीले २ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

बक्यौता रकम भुक्तानी नियमित रुपमा जारी रहने प्राधिकरणको अपेक्षा रहेको सिलवालले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि