११ मंसिर २०८२, बिहीबार
कर्णाली मुख्‍य समाचार समाचार

हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी

मुगु । हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवन सहित शैक्षिक सामाग्री खरानी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् ।

ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।

‘विद्यालयको कार्यालय रहेको कोठामा ताल्चा नलगाएको अवस्थामा साँझको समयमा एक्कासी आगलागी भएको थाहा भएको हो । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा अहिले सम्म खुलेको छैन,‘ रोकायाले नेपाल न्युज बैंकसँग भने । ‘स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ र घट्ना कसले गरायो भन्ने बारेमा अनुसन्धान सुरु भएको छ ।’

आगालागीका कारण विद्यालयको कार्यालयमा राखिएका कम्प्युटर, किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत सम्पुर्ण कागजातहरू जलेर नस्ट भएको उनले जानकारी दिए ।

आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि