१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस  

काठमाडौं । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणमार्फत मात्र दिगो शान्ति सम्भव छ ।

युद्धका क्रममा पानीका मुहानहरू प्रदूषित हुने, खेतीबाली डढाइने, वन विनाश हुने, माटो विषाक्त बन्ने र जनावरहरूको हत्या हुनेजस्ता गतिविधिले वातावरणमा ठुलो असर पार्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् ।

युएनइपीका अनुसार, विगत ६ दशकमा भएका सबै आन्तरिक द्वन्द्वमध्ये करिब ४० प्रतिशतमा काठ, सुन, हीरा, तेल, उर्वर भूमि र पानीका स्रोतजस्ता प्राकृतिक सम्पदाको दुरुपयोग भएको छ ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि