११ पुष २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

उनले भने, ‘दुई वटा कार्यतालिका पार्टीको भन्दापनि व्यक्तिगत रुपमा आएका कार्यतालिका हुन् । जिम्मेवारी र भूमिका केन्द्रिय सदस्यहरुले गरे । सहमहामन्त्रीले गरे । त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ ।’

त्यस्तै, उनले देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन नसक्ने बताए । कांग्रेसले निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजाने उनको भनाई छ ।

‘अब उचित समाधान खोज्ने हो । देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको छ त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन सक्ला त ?त्यसो भएर निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजानु छ त्यहि कुरामा कांग्रेस पुग्छ ।’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि