२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

आज विश्व सुनामी सचेतना दिवस

काठमाडौँ, १९ कात्तिकः सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।

सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ भएको होे । जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदान प्रदानलाई जोड दिँदै आएको छ ।

राष्ट्रसङ्घका अनुसार अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो । सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए । त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो । यो ढाँचालाई सेन्डाइ फ्रेमवर्क’ भनिन्छ ।

सेन्डाइ फ्रेमवर्कको उद्देश्य प्राकृतिक विपद्बाट हुने मृत्यु, प्रभावित जनसङ्ख्या, आर्थिक क्षति र महत्वपूर्ण पूर्वाधारमा पर्ने असरलाई घटाउनु हो । यसले सरकार, समुदाय, वैज्ञानिक र नागरिक समाजबीच सहकार्य गरेर सुरक्षित एवं दिगो भविष्य निर्माणान मद्दत गर्छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको