२० असार २०८३, शनिबार
मुख्‍य समाचार

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं । अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।

दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।

अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधिकारीहरू दुर्घटनास्थलतर्फ छानबिनका लागि प्रस्थान गरिसकेको बताइएको छ ।

यूपीएस एयरलाइन्सले पनि आफ्नै एक कार्गो विमान दुर्घटनामा परेको जानकारी पाएको बताउँदै, ‘सम्बन्धित विवरण चाँडै सार्वजनिक गरिनेछ,’ भनी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ ।

अमेरिकी यातायात मन्त्री शोन डफीले घटनाप्रति दुःख व्यक्त गर्दै केन्टकीबाट आएको हृदयविदारक दृश्य भएको बताएका छन् । उनले लुईसभिल समुदाय तथा विमानका चालक दलका सदस्यहरूका लागि प्रार्थना गर्न अपील पनि गरेका छन् ।

हालसम्म मानव क्षति वा दुर्घटनाको कारण सम्बन्धी कुनै जानकारी सार्वजनिक गरिएको छैन । उद्धार तथा आपतकालीन टोलीहरू घटनास्थलमा परिचालन भई छानबिन जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

एएनआई

 

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको