२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

आईसीसी विश्वकप क्रिकेट लिग–२ :आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले  आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो ।

अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने यूएई पुछारमा छ । १९ खेल खेलेको नेपालको १२ अंक छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको