२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

दाङ, १८ कात्तिक ः आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।

धर्मशालाका १३ कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने सेवा सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि धर्मशालाका कोठा भाडामा लिएर सेवा प्रवाह गरेको हो ।

सेवाग्राहीलाई ध्यान दिएर करदाता सेवा र राजस्वसम्बन्धी सम्पूर्ण सेवा सुरु गरेको कार्यालय उनले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षको असार मसान्तसम्मका लागि मासिक रु ७५ हजार भाडा तिर्नेगरी मन्दिरसँग सम्झौता गरी धर्मशालामा कार्यालय स्थापना गरी सोमबारबाट सेवा सुरु गरिएको हो ।

सो कार्यालयका दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पालगायतका जिल्लाका गरी ३५ हजार बढी करदाता रहेका छन् । आन्दोलनका क्रममा कार्यालयका दुईवटा भवन, अफिसर निवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, दुई गाडी, कार्यालयभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनी प्राविधिक टोलीले सुझाव दिएकाले कार्यालय धर्मशालाबाट सञ्चालन गरिएको छ ।

यसअघि गत असोज ७ गतेदेखि सो कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क रूपमा उपलब्ध गराएको सङ्घको कार्यकक्षबाट आंशिक रूपमा सेवा सञ्चालन गरिए तापनि अहिले भने धर्मशालाका कोठा भाडामा लिएर कार्यालयबाट हुने सबै सेवा प्रवाह गरेको हो ।

जिल्लामा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा क्षति भएका भवनका केही कोठालाई मर्मत गरी ती कोठामा बसेर सेवा प्रवाह गरिरहेका छन् । केही कार्यालयले कार्यालय परिसरमा साना टहरा तथा पाल टाँगेर समेत सेवा प्रवाह गरिरहेका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको