७ फाल्गुन २०८२, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार

धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

धनुषा । धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।

उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् । कुनै स्वास्थ्यकर्मीले अस्पताल प्रशासनलाई गुनासो गरेमा काम बाटै हटाउने जस्ता कार्य भएको उनीहरुको भनाई छ ।

विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए ।

तर ती ज्ञापन पत्र बुझाएर पनि समस्याहरुको कुनै समाधान नभएको भन्दै उनीहरु बिरोध गर्न बाध्य भएको जनाएका छन् । उनीहरुले आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि