७ फाल्गुन २०८२, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार

मनास्लु पदमार्गमा आवातजावत खुला

गोरखा, १६ कात्तिकः उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो, उनले भने, पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसम सम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । अहिलेको अवस्था हेर्दा अधिकांश बाटा खुला छन् तर केही भागमा हिउँ जमेको र बाटो बिग्रिएकाले सावधानी अपनाउनु आवश्यक छ, उनले भने । अत्यधिक हिमपात र वर्षाका कारण केही दिनदेखि मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटक बाटोबाटै फर्किएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि