१८ फाल्गुन २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाचार

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध

गाईघाट उदयपुर, १६ कात्तिक : निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पु¥याएको हो । बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा अस्थायी पुलका रूपमा राखिएका ह्युमपाइपमा समेत क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बाढीले चौदण्डीको बेल्टार–फत्तेपुर सडकमा क्षति गरेको छ । यस क्षेत्रका अस्थायी सडकमा राखिएका ह्युमपाइप बाढीले बगाएको छ ।

सूचना अधिकारी दोङका अनुसार निरन्तर वर्षा भइरहेका कारण अवरुद्ध सडक मर्मत गर्न समस्या भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि