६ माघ २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देवदह रुपन्देही, १२ कात्तिक : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले भने, अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण एजेण्डा भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।

रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।

आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ, उनले भने, सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ । उनले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहनाअनुसार काम भइरहेको थिएन, उनले भने, जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएका थिए । तर मुलुकमा जनताको ‘म्याण्डेट’ नै अपरहित गरियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेनजी आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरूलाई केही सक्रिय तत्वले विलिन गर्न चाहेको बताए।

उनले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारे । जति नै फाइल जले पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कहीँ न कहीँ छ, हामी वकिलहरूसँग छ”, उनले भने, सरकारवादी मुद्दाको फाइल सरकारी वकिलसँग छ, अर्को निकायमा होला नि, सर्वोच्च अदालतमा मुद्दा छभने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नि ?

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि