६ माघ २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ ।

यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको व्यवस्था भएको हो ।

प्रशिक्षार्थीलाई नेपाल पौडी सङ्घका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिश महर्जन र दीपक सागर सिंहले तालीम दिँदै छन्।

बाँकेमा चन्दुराम चौधरी, दीपक परियारलगायतका सीमित प्रशिक्षकले निजी क्षेत्रबाट तारे होटलमा बनेका पौडी पोखरी र विभिन्न संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका पौडी पोखरीमा प्रशिक्षण दिएर पौडी प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।

खेलकुद विकास समिमितिका प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद समितिका पौडी प्रशिक्षकमार्फत विद्यार्थीहरूलाई पौडी सिकाउन निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न आवश्यक भएको बताए।

एक सयभन्दा बढी खेलाडीका नाम दर्ता

नेपालगञ्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणमा १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि