९ माघ २०८२, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो ।

यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । उद्योग प्रभावित वासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर पोर्टल मार्फत पनि दिन सकिन्छ ।

आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यसको विक्रि प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेड ले वहन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि