२० माघ २०८२, मंगलवार
गण्डकी पर्यटन मुख्‍य समाचार

उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा, ११ कात्तिक ः उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ, उनले भने, अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।

सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ ।

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।

थप समाचारहरु

गण्डकी प्रदेस समाचार

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

७ साउन, पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल
गण्डकी प्रदेस समाचार समाज

लियोलाई वन्यजन्तु उद्धार केन्द्र कास्की छाड्ने तयारी

चन्द्रा महतो । ८ साउन, नवलपुर । अरुणखोलाको अधेरीकल्ची सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चा (लियो) लाई पचपलिया वन्यजन्तु उद्धार