२८ माघ २०८२, बुधबार
अर्थ मुख्‍य समाचार समाचार समाज

दिनहुँ नयाँ कीर्तिमानी कायम गर्दै सुनको मूल्य, के हो कारण ?

काठमाडौं । पछिल्लो समय निरन्तर बढ्दै गएको सुनको मूल्यले दैनिक रुपमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार नेपाली बजारमा नयाँ कीर्तिमानी बनाएको सुनको मूल्यले बुधबार पनि कीर्तिमानी नै बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दै २ लाख ४८ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ । सोही परमाणको सुन मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले यसको असर स्थानीय बजारमा देखिएको हो। अमेरिकी सरकारले कर्मचारीलाई तलव दिन नपाएपछि कार्यालय बन्द हुँदा यसको असर सुन बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

‘प्रमुख एक कारण अमेरिकामा भएको सटडाउन हो,’ उनले भने। अमेरिकाले चीनलाई सय प्रतिशत कर वृद्धिपछि समस्या देखिएको हो।

शाक्यका अनुसार अहिले अमेरिकी संसदले बजेट पारित नगर्दा कर्मचारी वेतलवी विदामा बसेका छन्। यसले गर्दा अमेरिकाको अर्थतन्त्र कमजोर हुन गई सुरक्षित ठानेर लगानीकर्ताले लगानी बढाउँदा सुनको भाउ आकासिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि