८ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन

मुस्ताङ, २८ असोजः नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो ।
यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरलानाकामा भन्सार गतिविधि आंशिक रुपमा सक्रिय रहेकामा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात÷निर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो । विभागले कोरलानाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहल÷पहल बढेको हो ।

भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकामा दसैँअघिसम्म कोरलानाकाबाट आयात÷निर्यातबाट रु दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए। चीनबाट कोरलानाका हुँदै भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँचपास चलिरहँदा दसैँ बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैँपछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको हो ।

हालसम्म कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको प्रमुख खड्काले बताउनुभयो । यसैगरी, चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ विद्युतीय कारको भन्सार जाँचपास भइसकेको छ । नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँचवटा मालवाहक साधन भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएको उनले उल्लेख गरे।

मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास भएको बताइएको छ । कोरलानाकाबाट हुने व्यापारिक आयात÷निर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवासुविधामा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ । समुन्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात÷निर्यातलगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ । नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरु मौसम प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ । नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झने परम्पराले गर्दा नाका सञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ । नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रुपमा सञ्चालन गर्नमा चुनौती हुने गरेको प्रमुख खड्काले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि