८ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

युवालाई वन्यजन्तु अनुसन्धान विधि तालिम

गण्डकी, २८ असोजः प्रकृतिका साथीहरू’ संस्थाको आयोजनामा वन्यजन्तु संरक्षणमा व्यावहारिक ज्ञान दिने उद्देश्यका साथ स्याङ्जाको पुतली बजार नगरपालिका–२, भैँसेगौंडामा युवालाई वन्यजन्तु अनुसन्धान विधि तालिम दिइएको छ ।

नेपालमा वन्यजन्तु र तिनको बासस्थानको अनुसन्धान तथा संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ता निर्माण गर्ने उद्देश्यका साथ सन् २०१२ देखि वार्षिक दुई चरणमा युवालाई तालिम दिँदै आएको संस्थाले हरेक चरणमा १९ दिन स्थलगत रुपमा नै तालिम दिने गरेको छ । नेपालमा वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यावहारिक ज्ञानको आवश्यक भइरहेका अवस्थालाई दृष्टिगत गरी विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी छनोट गरी तालिम दिने गरिएको ‘प्रकृतिका साथीहरू’का निर्देशक राजु आचार्यले जानकारी दिए ।

तालिमका क्रममा सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक विधिबाट वन्यजन्तु तथा वनस्पतिको पहिचान, अनुगमन र वैज्ञानिक तथ्याङ्क सङ्कलन तथा प्रकाशनका साथै प्रभावकारी संरक्षण सचेतना अभियान सञ्चालनलगायत विषयका विज्ञबाट प्रशिक्षण दिने गरिएको छ”, उनले भने, रोलबराह सामुदायिक वन र सिम्रिक लेक सामुदायिक वनलाई समेटेर अनुसन्धान विधि तालिम सञ्चालन गरिरहेका छौँ । अनुसन्धानका क्रममा देखिएका विषयलाई पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी छ ।

तालिम आगामी कात्तिक १ गतेसम्म चल्नेछ । सहभागीलाई भैँसेगौंडास्थित मिलेनियम भैँसेगौंडा सामुदायिक घरबासमा आवासीय व्यवस्थापन गरी तालिम सञ्चालन भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि