१० पुष २०८२, बिहीबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिँदैछन् ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेशको राजनीतिक माहोल अहिले तातिएको छ । केन्द्रका नेताहरु पनि जनकपुरधाम आईपुगेका छन् भने केही नेता आज आउने जनाइएको छ ।

हिजो मात्र लोसपाले मधेश प्रदेश सरकारबाट आफ्नो समर्थ फिर्ता लिएको छ । यस अघि नेकपा एमाले, कांग्रेस र जनमतले समर्थन फिर्ता लिइसकेको छ ।

यस अघि नेपाली कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको दाबी प्रदेश प्रमुख कार्यालयमा गरेको थियो । तर, हिजो जनमत पार्टी फुटेर अर्को पार्टी दर्ता भएसँगै केही प्रभाव पर्न सक्ने देखिएको छ । जनमत पार्टीका ६ जना सांसदहरुले मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ ।

यता, मधेशवादी दलहरु पनि नेतृत्व चयनका लागि भित्र भित्रै तालमेल मिलाउने कार्य गरिरहेका छन् ।

 

 

 

 

 

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।