९ माघ २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २६ असोजः आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।

युएई पनि समूह ए को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलिसँग समान दुई–दुई अङ्क छन् ।

विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected